नेपालमा मनसुन भित्रिएपछि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौं,समाचारदाता,जेठ २९ गते।

मनसुन भित्रिएसँगै देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज शनिबार पनि बिहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको शनिबारको मौसम पूर्वानुमान बुलेटिनअनुसार शनिबार, आइतबार र सोमबार मौसममा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

शनिबार दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन /चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघगर्जन /चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी बर्षाको पनि संभावना रहेको छ।

महाशाखाले वर्षाका कारण बाढी–पहिरो र डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ । यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *