घरायसी विवादका कारण रौतहटमा आफ्नै श्रीमतीमाथि एसिड प्रहार

अनलाईन न्युजपाटी,रौतहट,समाचारदाता,जेठ ३० गते।

घरायसी विवादका कारण रौतहटमा  आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ कि ३८ वर्षिय दिपिका वि.क. लाई उनकै श्रीमानले एसिड प्रहार गरेका हुन् ।

पीडित महिलाको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको शरिरको करिब १८ प्रतिशत भाग जलेको छ । उनको देब्रे हात र पेट जलेको छ ।

पीडित महिलाका अनुसार शनिबार करिब साँझ ६ बजेतिर विवाद हुँदा उनको श्रीमानले एसिड आक्रमण गरेका थिए।

प्रहरीले महिलाका ४२ वर्षिय श्रीमान् दिपक वि.क. लाई पक्राउ गरेको छ । चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गरेर बस्ने वि.क. ले सोही पसलबाट एसिड ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरीले एसिड प्रहार गर्ने दिपकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *