अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३० गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ४०७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ६ लाख २८ हजार ९४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ५ लाख ३१ हजार१०५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।