पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।

पूर्व प्रधानमन्त्री तथा एमाले पूर्वअध्यक्ष झलनाथ खनाल अस्पताल भर्ना भएका छन् ।

ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि कोरोना संक्रमण पुष्टि भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *