सुर्खेतमा जारी निषेधाज्ञा असार १० गतेसम्म थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।

सुर्खेतमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्ब्याइएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले केही खुकुलो बनाएर असार १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु पनि खोल्न पाइनेछ

यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । होटल, रेष्टुरेन्ट र खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् । तर, होम डेलिभरी भने गर्न दिइने प्रशासनले जनाएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक भने कायमै राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *