अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असार २ गते।
प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुक्त प्रहरी टोलिले ६५ के.जि. अवैध लागूऔषध गाजा सहित ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर मनहरि गाउँपालिका वडा नम्बर ६ नयाँबस्ती बस्ने ५१ वर्षको ट्रक चालक रामकुमार मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

बिशेष सुचनाको अधारमा प्रहरीले महानगरपालिका, वडा नम्बर १८, भवानीपुरको सडकछेउ मा रोकिराखेको बा -०१-००६ ख १८२८ नम्बरको ट्रक को सिट मुनि लुकाई छिपाई राखेको ४ बन्डल लागू औषध गाजा ६५ केजि ट्रकको क्याबिनभित्र बाट चेकजाँच को क्रममा फेला परेको हो । र साथै ट्रकका ट्रक चालक राम कुमार मोक्तानलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खनालले बताएका छन ।
पक्राउ परेको ट्रक र चालक राम कुमार मोक्तानलाइ लागुऔषध सम्बन्धी कसूरको अनुसन्धान भई रहेको पर्सा प्रहरीका प्रवक्ता खनालले बताएकाछ्न ।