अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १५ गते।
महोत्तरीमा पनि सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पाइने भएको छ ।
आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै जिल्लाभित्र यात्रुबाहक सबारीसाधन चलाउन दिने निर्णय गरेको हो । जिल्लाबाट बाहिर जाने र लामो दूरीका यात्रुबाहक सार्वजनिक सबारी साधन भने सञ्चालन गर्न नदिइने समितिले निर्णय गरेको छ ।
बैठकले कोरोना संक्रमण दरमा सुधार हुँदै गएको तर तत्काल सबै अवस्था सामान्य भइनसकेकाले असार २३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।