आज थपिए २,२३९ कोरोना संक्रमित, २० जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २५ गते।

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ

११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् ।

कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *