अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असार २६ गते।
विराटनगर ५ पृथ्वी चोकस्थित घरायसी विवादका कारण भाइले आफ्नै दाजुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् ।
राष्ट्रिय अनुसन्धान खोटाङमा कार्यरत कर्मचारी भोला सिंह यादवको झगडापछि भाइ साजन सिंहले हत्या गरेको खुलेको छ । छुट्टीमा घर आएका कारण दाजु भाइविच शुक्रबार राति सामान्य विषयमा कुटाकुट परेको थियो ।
दाजु भाईविच कुटाकुट हुदाँ भाइले प्रहार गरेको हतियारले भोलाको शरिरका विभिन्न भागमा गहिरो चोट लागेको मोरङ प्रहरीले जनाएको छ ।
झगडापछि घाइते भएका कारण दुवै जनालाई विराटनगर स्थित विराट अस्पतालमा भर्ना गरिएको र उपचारको क्रममा भोलाको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपीले जानकारी दिनुभयो ।
प्रहरीले भाई साजनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।