साउनको चौथो हप्ता कक्षा १२ को परीक्षा गर्ने तयारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ४ गते।

कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ ।

बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा मन्त्रालयमा निवेदन पठाएको थियो ।

मन्त्रालयले सीसीएमसीमा लगेको र सीसीएमसीले परीक्षा गराउने अनुमति दिएको जानकारी पाएको बोर्डका अध्यक्ष पौडेलले बताए । ‘निर्णय गरिएको कपी हामीसम्म आइपुगेको छैन । भोलिसम्म आइपुग्ला त्यसपछि बोर्डको बैठक बसेर निर्णय गर्छौं । साउन चौथो हप्ताभित्र गर्छौं’ उनले भने । बोर्डको बैठकले निर्णय गरे अनुसार परीक्षा केन्द्र, मिति तोकिने र परीक्षा तालिका सार्वजनिक गर्ने तयारी थालेको छ ।

गत जेठ २६ गते तय भएको परीक्षा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो ।

माध्यामिक तहको अन्तिममा लिइने कक्षा १२ को परीक्षो राष्ट्रिय परीक्षा बोर्डले यो पटक सय पूर्णांककै परीक्षा गराउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *