बकर इदको अवसरमा मुलुकभर आज सार्वजनिक बिदा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ६ गते।

बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचना अनुसार इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

साउन ४ को मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *