साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा शुरु हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ६ गते।

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा शुरु हुने भएको छ ।

मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा उपनियन्त्रक सुवास पन्तले जानकारी दिए ।

उनले परीक्षा साउनको अन्तिम दिन सुरु भएर भदौ ९ गते सकिने बताए । परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिएको प्रवक्ता अर्यालले बताए ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् ।

परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने पन्तले जानकारी दिए ।

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *