भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ९ गते।

एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्।

उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका हुन्।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आफ्नै समूहभित्र विवाद हुँदा रावलले आवेशमा आएर राजीनामा बुझाएका थिए।

तर पार्टीभित्रबाट चर्को दबाब परेपछि उनले राजीनामा फिर्ता लिएका हुन्।

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले समेत रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *