स्रोत नखुलेको ४० लाख ३७ हजार रुपैयाँसहित झापाबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,साउन १० गते।

स्रोत नखुलेको ४० लाख रुपैयाँसहित झापाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

झापा गाउँपालिका- २ बेलाइतिवारी निवासी ४६ वर्षीय गौरी मण्डललाई ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

भारतबाट लुकाइछिपाइ सो रकम नेपाल भित्र्याउने क्रममा शनिबार मण्डललाई कुमरखोदबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *