१२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना मकवानपुरमा पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २० गते।

१२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना मकवानपुरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् ।

आज बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट भारत वैशालीका ३८ वर्षीय रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नीका ३० वर्षीय रियाजुल अन्सारीलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सडकखण्डमा वीआरइ २८३९ नम्बरको भारतीय ट्रकमा लुकाइछिपाइ ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रहरी निरीक्षकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *