अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,साउन २६ गते।
हातहतियारसहित दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।
सोमबार राति ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहित शाहले चलाइरहेको बा१७च १३१२ नम्बरको जीप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको हो ।
उनीहरुमध्ये चौधरीको साथबाट १२ बोर बन्दुक र त्यसको कार्टिज तथा शाहबाट पोइन्ट टुटु बन्दुक र १० राउण्ड गोली बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजना शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।