नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २७ गते।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्। 

भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् । भट्टराई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए । 

पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर नागरिकको मौलिक हक, वाक स्वतन्त्रता कुन्ठित गर्ने ढंगले सरकारमा सामेल गठबन्धनभित्रका राजनीतिक दल र गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले राजीनामा दिएको उनले बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई १९ साउनमा स्पष्टीकरण सोधेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *