डोटी जिल्लामा भदौ ३१ गतेसम्म निषेधाज्ञा थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १ गते।

डोटी जिल्लामा भदौ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोल्न पाइने लगायतका विभिन्न निर्णय गरिएको डोटीका निमित्त प्रमुख जिल्ला अधिकारीले बताइन् ।

निषेधाज्ञाको समयमा अनावश्यक हिंडडुल, भिडभाड गर्न नपाइने, कुनै प्रकारका भेला जात्रा महोत्सव, सभा, सम्मेलन, तालिम गोष्ठी, खेलकुद आदि सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र ट्यूसन कक्षा भौतिक रुपमा सञ्चालन गर्न नपाइने निमित्त प्रमुख जिल्ला अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *