कास्कीमा निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि पुनः जोरबिजोर प्रणाली लागू

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३ गते।

कास्कीमा निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि पुनः जोरबिजोर प्रणाली लागू गरिएको छ ।

कास्की प्रशासनले जिल्लामा जारी गरेको निषेधाज्ञाको समय एक साता थप गरेको छ ।

भदौ ३ गते राति १२ बजेबाट भदौ १० गते राति १२ बजेसम्म थप गरिएको  निषेधाज्ञामा जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर-बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ ।

जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सेवा व्यवसायहरुमा पुन: एक साता बन्देज लगाइएको छ । विद्यालयमा  भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परिक्षा सञ्चालन नगर्न भनिएको छ ।  मानिसहरु भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ ।

पुर्व निर्धारित बैबाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा १५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *