प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा शुभकामना व्यक्त

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २४ गते।

प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

भाद्र शुक्ल पक्ष तृतीयाका दिन पर्ने हरितालिका तीज भगवान् शिव पार्वतीको पूजा आराधना गर्दै पारिवारिक सुस्वास्थ्य र दीर्घायुको कामना एवं विश्वासका साथ मनाउने गरिन्छ ।

कोभिड–१९ को कारण हर्षाेल्लासपूर्वक पारिवारिक जमघट साथ मनाउन नपाए पनि महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै हरितालिका तीजको मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गर्नुभएको छ ।

आज हरितालिका तीज मनाइँदैछ । तीजको अवसरमा महिलालाई सार्वजनिक बिदा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *