अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २ गते।
आजदेखि इन्द्रजात्रा सुरु भएको छ ।
वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६: ५१ बजेको साइतमा गरिएको छ ।
कोरोना जोखिमबीच उत्सव हुन लागेकाले जतिसक्दो भीड कम गर्ने र सुरक्षा सावधानी अपनाएर जात्रा सञ्चालन गर्ने निर्णय भएको इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गतको उपसमितिका संयोजकले बताए।
नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका कालभैरव क्षेत्रबाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन ३ असोजमा कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।
४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।
असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।