नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्ड द्धारा सम्मानित राजु ढुंगेल भन्छन, अझै काम गर्न बाकी नै छ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ४ गते।

बिगत १३ वर्षदेखि विज्ञापन व्यवसायीरूपमा कार्यरत इम्प्रेसन ए क्रिएटिभका सन्चालक श्रीराजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित हुनुभएको छ ।

सिजन मिडियाले संबिधानदिवस २०७८ को अवसर पारेर नेपालका विविधछेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ । 

लामो समयदेखि विज्ञापन व्यवसायमार्फत विज्ञापन बजारमा उहाँले पुर्याउनु भएको योगदानको कदर स्वोरुप उहाँलाई लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित एक कार्यक्रमका बिच राष्ट्रियसभाका अध्यक्ष्य गणेशप्रशादतिमिल्सिनाले डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्डद्वारा सम्मान प्रदान गर्नुभएको थियो ।

लगभग साढे दुई दशक अघि आफ्नो उच्च शिक्षा का निम्ति सिन्धुली बाट काठमाडौँ सम्मको यात्रा तय गर्नुभएका ढुंगेलले जीवनमाथुप्रै संघर्ष पार गर्नुभएको छ ।

तसर्थ, अगाडी बढ्ने दृढता भएका ढुंगेल अहिले नेपालका थुप्रै नम्बर १ कोर्पोरेट कम्पनीहरुसंग आबद्द भइ काम गर्दैआउनु भएको छ । जस्तो सुकै चुनौतीसंग लड्न तयार उहाँभन्नुहुन्छ, “आफु विज्ञापन छेत्रमा खुसीभएपनि सफलभएको छैन। “ ढुंगेल बताउनुहुन्छ, “यो मार्केटलाई मैले अझै धेरै नया कुरा दिन सक्छु । “

सिजन मिडिया ले ढुंगेल सहित देशभरबाट ३० जनालाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *