अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,असोज ७ गते।
पर्सा प्रहरीले लागु औषध खैरो हिरोईन सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र लागु औषध ब्युरोको संयुक्त टोलीले ३.४० ग्राम ( ६ पुडिया ) खैरो हिरोईन सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पर्सा प्रहरी र लागु औषध ब्युरोको संयुक्त टोलीले बीरगंज माहानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट मंगलबार साझ करिव ७ बजे खैरो हिरोईन सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
उक्त परिमाणमा खैरो हिरोईन सहित पक्राउ पर्नेमा जिल्ला सर्लाही लालबन्दी नगरपालिका २ निवासी बर्ष २३ को सुरज पासवान र जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १६ निवासी बर्ष २१ को लक्ष्मण विष्टको साथबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले जनाएका छन । खैरो हिरोईन सहित पक्राउ परेकाहरु माथी लागु औषध सम्बन्धी मुदा चलाउने तयारी भै रहेको पर्सा प्रहरी प्रमुख पाण्डेले बताएकाछन ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटी गएको प्रहरी टोलीले प्रतिबन्धीत लागु औषध मिठाईको डब्बा भित्र लुकाई छिपाई लादै गरेको लागू औषध कोरेक्स १ सय २० बोतल सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
पर्सा प्रहरीको बिशेष टोलीले बुधबार करिव २ बजे बीरगंज माहानगरपालिका १४ गण्डक चौकबाट शंकास्पद अवस्था हिडिरहेको अवस्थामा उक्त लागु औषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्ला बर्दिया गुलरिया घरभई चितवनको भरतपुर माहानगरपालिका वडा नम्बर २२ निवासी बर्ष २२ को राजेश थारु र जिल्ला चितवन भरतपुर माहानगरपालिका वडा नम्मबर ७ बस्ने बर्ष ३२ को सुरेश नेपालीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक पाण्डेले जनाएका छन ।
पक्राउ परेकाहरुमाथी ७ दिनको म्याद थप गरी लागु औषध सम्बन्धीत मुददा चलाउने तैयारी भै रहेको पाण्डेले बताउनु भयो ।