पर्सा प्रहरीद्धारा ६० लाखको अवैध सामान सहित ट्रक बरामद

अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता,असोज ७ गते।

जिल्ला प्रहरी कार्यालय पर्साले ६० लाखको  अवैध सामान सहित ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीले बिशेष सुचनाको आधारमा भन्सार छली गरी बिना बिल विजकको मेडिकल  तथा खुद्रा सामनहरु   बोकेको एक गाडी नियन्त्रणमा लिएको छ ।

 जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिगएको प्रहरी टोलीले बीरगंज ८ स्थित रहेको लालबंगाला अगाडी सडक हुँदै जाँदै गरेको  बिशेष चेकजाचको क्रममा ना २  ख ९७३७ नम्बरको   गाडीले अन्दाजी करिव ६० लाख मुल्य बराबरको भन्सार छली बिना बिल बिजकको मेडिकल तथा अबैध खुद्रा  सामानहरु  सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका ट्रक चालक वीरगंज महानगरपालिका वडा नम्वर १४ बस्ने बर्ष ४२ को प्रमानन्द प्रसाद कुर्मी सहित नियन्त्रणमा  लिई आवश्यक कारवाहीका लागी राजश्व अनुसंधान कार्यालय पथलैया बारामा बुझाईएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक बेलबहादुर  पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *