द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ८ गते।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीकोव्यवस्थापन थालेको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था ब्रिटिस कलेजले आधिकारिक रुपमा नमस्तेको व्यवस्थापन थालेको हो ।

टीबीसीको व्यवस्थापनामा आएसँगै नमस्ते एकेडेमीलाई पश्चिम नेपालको अग्रणी शैक्षिक संस्थामध्यको एक बनाउनको लागि केही प्रमुख परिवर्तनहरुको थालनी भएका छन् । विश्वस्तरिय शिक्षा प्रदान गर्नको लागि नमस्तेमा व्यवस्थापनसँगै अत्याधुनिक पूर्वाधारहरुमा पनि परिवर्तन थालिएको हो ।

लामो समयदेखि ब्रिटिस कलेजको सल्लाहकार समितिमा रहेका पाउल क्ल्भ्सि एमबीईलाई नमस्तेको विद्यालय व्यवस्थापन समितिकोउपाध्यक्षको जिम्मेवारी दिइएको छ । शैक्षिक क्षेत्रमा निकै उपलब्धि हाँसिल गरेका क्ल्भिससँग बेलायतका प्रतिष्ठित विश्वविद्यालयहरुमा काम गरेको अनुभव रहेकोछ । उनले काम गरेको शैक्षिक संस्थाहरुमा उत्कृष्टमध्येको एक बेलायत कोइटन कलेज रहेको छ ।

साथै, उनको सर्वाधिक विक्री भएको पुस्तक विश्वका बिभिन्न विश्वविद्यालयहरुमा पढाइँदै आएको छ ।

त्यस्तै, विद्यालयकोएक्जिक्युटिभ प्रिन्सिपलमा मार्क बार्थोलोमेउलाई नियुक्त गरिएको छ । शैक्षिक व्यवस्थापनमा दख्खल बार्थोलोमउ बेलायती नागरिक हुन् । बेलायतमा धेरै शैक्षिक परियोजनाहरुको नेतृत्व गरेका उनीसँग ब्रिटिस काउन्सिल तथा विश्वको प्रतिष्ठित विश्वविद्यालय क्याम्ब्रिजमा काम गरेको ३० वर्षको अनुभव छ ।

बार्थोलोमेउले यस शैक्षिक सत्रमा नमस्तेलाई प्रदेशकोअंग्रेजी भाषाकोउत्कृष्ट शैक्षिक संस्थाक बनाउनेउदेश्य लिएको बताएका छन्। ‘हाम्रो उद्देश्य भनेकोनेपाली समुदायमा शैक्षिक स्तर वृद्धि गर्नु हो।

 साथै, यसै शैक्षिक सत्रमा हामीले नमस्तेलाई प्रदेशको अंग्रेजी भाषाको पढाई हुने एक उत्कृष्ट शिक्षा प्रदायक बनाउनेयोजनामा छौं’, बार्थोलोमेउले भने । ब्रिटिस एजुकेशन ग्रुपले नेपालमा ब्रिटिस कलेज तथा मदरल्याण्ड स्कुल तथा दुबई र बेलायतमा पनि शैक्षिक संस्थाहरु संचालनमा ल्याएको छ ।

साथै, यस समूहले शिक्षा क्षेत्रमा थप विस्तार  गर्ने योजना अगाडि सारेर अघि बढिरहेको छ । यसैसमूहका सदस्य अरुण कँडेल विद्यालय विभागका प्रमुख रहेका छन्। शैक्षिक क्षेत्रमा करिब १५ वर्षकोअनुभव हाँसिल गरेका कँडेलले नमस्तेसहित अन्य विद्यालयहरुको शैक्षिक सुधारमा प्रमुख भूमिका निर्वाह गर्नेछन्। व्यवस्थापन थालेसँगै नमस्ते एकेडेमी ब्रिटिस एजुकेशन ग्रुपकोएक हिस्सा बनेको छ ।

ब्रिटिस एजुकेशन ग्रुपका संस्थापक तथा कार्यकारी निर्देशक राजन कँडेलले थप अनुभवी व्यक्तिहरु नमस्तेमा आबद्ध भएकोले यसकोगुणस्तर वृद्धि हुनेविश्वास व्यक्त गरेका छन्। ‘नमस्तेलाई अझै अगाडि बढाउन र नेपालमा उच्च गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि लामो समय शैक्षिक क्षेत्रमा काम गर्नुभएका व्यक्तिहरु जोडिनुभएको छ । मलाई विश्वास छ हाम्रो टिमले नमस्तेलाई थप उचाईमा पुर्याउनुहुनेछ ।’

कँडेलका अनुसार यो समूहले यस वर्ष पनि शैक्षिक क्षेत्रमा लगानी थप्नेछ ।कँडेल बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा हालसालै नियुक्त भएका छन्। उनीसन्१९५४ देखि संचालनमा आएको बेलायतको साउथ इस्ट लण्डन स्थित न्यूस्टेड वुड स्कुलको अध्यक्षमा नियुक्त भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *