आज थपिए ८६७ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ८८ हजार ५४७ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १६ गते।

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ८६७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ८८ हजार ५४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *