अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १७ गते।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो मौसम देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का अधिकांश र अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन्। राति प्रदेश १ र प्रदेश २ का केही स्थानमा भीषण वर्षाको संभावना रहेको छ।
भारतको दक्षिण बिहार तथा आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको हो। प्रदेश १ र प्रदेश २ बाहेक बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।