अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज २३ गते।
“पिउँदिनभन्दाभन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित“पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ”भन्ने बोल सहितइम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।

म्भष्किज इउभचबबालुवाटारमा एक कार्यक्रमकाबीच काठमाडौँको प्रहरी प्रमुखश्री अशोक सिंहको प्रमुख आतिथ्यमा उक्त गीतको म्युजिक भिडियो मिडिया हबको च्यानलमार्फत रिलिज भएको छ।

आफ्नो व्यस्तताका बीच उपस्थितहुनुभएका काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले कार्यक्रममा सहभागी भएकोमा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको दौरान गायक शिव परियारले पनि गित बनाउदाको रमाइलो पल सम्झिनुका साथै पुष्प खड्कासंग फेरी काम गर्दाको खुसी व्यक्त गर्नुभएको थियो।
साथै, शंकर अधिकारीले गितको प्रसंसा गर्दै नायक, नायिका अनि सम्पूर्ण टिमको प्रसंसा गरेका थिए र नायक पुष्प खड्काले रबिन स्वप्निलगिरीको स्मरण गर्दै सम्पूर्ण टिम अनि नेपालीमा दशैंको शुभकामना व्यक्त गर्नुभएको थियो ।
मनोरञ्जन उद्दोगकासिद्दहस्त नृत्य निर्देशक कवि राजगहतराज र छायाकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममायसगितको छायाङ्कन सम्पन्न भएको थियो ।
रबिन स्वप्निलगिरीको शब्दतथादीपकराजविश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्र का लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।
मिडिया हब प्रा. लि बाट पहिलो म्युजिक भिडियोको रूपमा घटस्थापनाका दिन, रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।