९४ तोला चाँदी सहित एक जना मोरङबाट पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,कार्तिक १० गते।

९४ तोला चाँदी सहित मोरङको रतुवामाई नगरपालिका ३ छालगाछी स्थितबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका-३ छालगाछीका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो ।

बरामद चाँदीसहित उनलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय रानी विराटनगर पठाइने प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *