अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ११ गते।
लागुऔषधसहित २ जना युवकलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर नगरपालिका–५ का २२ वर्षीय रोज मोहमद र वडा–२ का ३७ वर्षीय देवेन्द्र दास छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपीका अनुसार विशेष इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र लागुऔषध नियन्त्रण ब्यूरो वीरगंजको संयुक्त टोलीले चन्द्रपुर–४ स्थित चोकमा चेकजाँचको क्रममा रोज मोहम्मदको झोला भित्र लुकाई ल्याएको १० प्याकेट ३ हजार टयाव्लेट लागुऔषध फेला परेको थियो ।
पक्राउ पर्नेहरूलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।