देउसीभैलो खेलिरहेको एउटा समूहलाई यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक २१ गते।

देउसीभैलो खेलिरहेको एउटा समूहलाई यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। 

दुर्घटनामा आठ जना घाइते छन्।

चितवनको भरतपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको यात्रुबहाक बसले नेवारपानीमा देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएको थियो।

दुर्घटनामा हेटौंडा उपमहानगर १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार दुर्घटनामा २ को मृत्यु र ८ जना घाइते भएका छन्।

घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार गरिएको थियो। सात जना घाइते उपचारपछि अस्पतालबाट घर गइसकेका छन् भने एक जनाको उपचार जारी छ। 

बस अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलिसकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *