आज बालाचतुर्दशी पर्व शतबीज छरी मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १७ गते।  

आज बालाचतुर्दशी पर्व । हरेक वर्ष जस्तै मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ ।

त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सदगतिको कामना गर्दै शतबीज छर्दैछन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् ।

बिहीबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *