अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर १९ गते।
विवाहञ्चमी महोत्सवको आज तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ ।
विवाहपञ्चमी महोत्सवको पहिलो दिन जानकी नगरदर्शन दोस्रो दिन फूलबारी लीला भएसंगै आज धनुषयज्ञमा रामसीताको धनुषलिला प्रतिकात्म रुपमा देखाइने छ ।
त्रेता युगमा जस्तै आजको दिन धनुष यज्ञमा भगवान रामले सीतासंग विवाहको लागि भगवान पर्शुरामले मिथिलाका राजा जनकलाई दिएको धनुष भाँच्ने गरिन्छ ।
सप्ताहव्यापी विवाहपञ्चमीको चौथो दिन भोलि (सोमबार) तिल्कोत्सव, मंगलबार राम र जानकीको मटकोर रहेको छ भने बुधबार मुख्यदिन विवाह रहेको छ ।