अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ४ गते।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई माघ ७ गते कैलालीको टीकापुर आउदै छन्।
जनता समाजवादी पार्टीले माघ ७ गते टीकापुरमा आयोजना गर्न लागेको विरोध सभालाई सम्बोधन गर्न भट्टराई आउन लागेका हुन्।
जसपाका केन्द्रीय सदस्य कृष्णकुमार चौधरीले प्रतिनिधि सभा विघटनको विरोध र पुस २ गते टीकापुर घटना मुद्धामा उच्च अदालत दिपायलले गरेको फैसला विरुद्ध विरोध प्रदर्शन गर्न लागेको जानकारी दिए।