अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,फागुन १० गते।
प्रचण्ड-माधव पक्ष नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले माइतीघरमा विरोध कार्यक्रम गरेको छ।
प्रतिनिधि सभा विघटन लगायत सरकारको प्रतिगामी कदमको विरोधमा मोर्चाका कार्यकर्ता माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।
विरोधसभामा सहभागी नेता रघुजिपन्तले सरकारले चालेका कदमको विरोध गर्नको लागि साथै दलितहरुमाथि भइरहेको भेदभावका अन्त्यको लागि विरोध र्यालिको आयोजना गरिएको बताए।
प्रदर्शनमा सहभागीहरुले ‘केपी ओलीको असंवैधानिक र प्रतिगमनकारी कदमको विरोध गरौँ’ लेखिएका पम्प्लेट बोकेका थिए ।