शिवराज अस्पतालको मेसुमा डा मुकेश चौधरी नियुक्त

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, जेठ १७ गते।

शिवराज अस्पतालको निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. मुकेश चौधरी नियुक्त भएका छन् ।

जेठ १६ गतेको कृष्णनगर नगरपालिकाको निर्णय अनुसार चौधरीलाई निमित्त प्रमुख मेसुको जिम्मेवारी दिइएको हो ।

यस अघिका अस्पतालका मेसु सत्य लक्ष्मी सक्यले जेष्ठ १५ गते अवकाश पाएपछि मेसु पद खाली थियो । मेसुमा डा मुकेश चौधरीले नियुक्ति पाए पछि समाजसेवी निर्भय सिंह लगायत शिवराज अस्पतालका कर्मचारीहरू स्वास्थ्य बीमा संयोजक अरुण चौधरी, बादल सिंह, अहेव रवि उपाध्याय , राज शुक्ल , अहेव शालिक राम कहार, रामदेव गुप्ता, रेडियो ग्राफर रितुराज मिश्रा , सुरेश कहार, लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *