नेकपा एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २२ गते।

एमालेको माधव नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ ।

दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

साथै पार्टी एकता जोगाउन संस्थापन पक्षसँग वार्ता, संवाद र पार्टी पुनर्गठन अभियान समानान्तर रूपमा सञ्चालन गर्ने बैठकको निष्कर्ष  छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *