अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ २७ गते।
काँग्रेसबाट प्रदेश २ सरकारमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागि मन्त्रीहरुले बुधबार राती दश बजे सपथग्रहण गरे ।
काँग्रेसबाट दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री, ओमप्रकाश शर्मा उर्जा, सिंचाई तथा खानेपानी र वीरेन्द्र प्रसाद सिंह युवा, खेलकुद तथा महिला बालबालिका मन्त्री भएका छन् । प्रदेश प्रमुख राजेश झॉअहिराज’ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराए ।
उनकै निजी सचिवालय परिसरमा आयोजित सपथग्रहणमा मुख्यमन्त्री राउत,प्रदेश सभामुख सरोजकुमार यादव, मन्त्रीहरु लगायत प्रदेश सरकारका अधिकारीहरुको उपस्थिति रहेको थियो ।
अब योसंगै लालबाबु सरकारमा एक मुख्यमन्त्री, ८ मन्त्री र तीन राज्यमन्त्रीसहित मन्त्री मण्डलको संख्या १२ पुगेको छ ।
काँग्रेसलाई दिएको तीन मन्त्रालयमा राज्यमन्त्री खाली छ भने अन्य दुई मन्त्रालयमा मन्त्री र राज्यमन्त्री खाली छ । सबै पदपुर्ति भएको खण्डमा मन्त्री मण्डलको संख्या २१ पुग्ने छ ।