अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ९ गते।
नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगित भएको छ।
यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोनाले कतिपय जिल्लामा तयारी नपुगेको र केन्द्रीय क्रियाशील छानबिन समितिले साउन १२ गते बिहान प्रतिवेदन पेश गर्ने भएकोले त्यसपछि मात्र वडा अधिवेशन मिति तोकिने उनले बताए।
छानबिन समिति संयोजक रमेश लेखकले प्रतिवेदन पेश गरेपछि मात्रै अधिवेशनको टुंगो लाग्ने शर्माले बताए।
‘प्रतिवेदन पेश भएपछि नयाँ मिति तोकिन्छ, तर वडाको अधिवेशन पर सर्दा सबै तहलाई प्रभावित पार्न सक्छ,’ शर्माले भने।
कांग्रेसको महाधिवेशन भदौ १६ गतेदेखि तोकिएको छ। त्यसलाई प्रभावित नपार्ने गरी नयाँ मिति तोकिने शर्माले बताए।