भ्रष्टाचार निवारण बिभागको प्रमुखमा ओझा चयन !

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, असोज ५ गते।

जनमत पार्टी कपिलवस्तु  जिल्ला समन्वय समितिको  निर्माण अनुसार  जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग प्रमुखमा मनोज कुमार ओझाको नाम  सिफारिस हुनु भएको छ !

जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारी हरूद्वारा  सर्बसम्मत रूपमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगर पालिका वार्ड न .१२ टोल नरैनापुर  बस्ने  मनोज कुमार ओझा को    भ्रष्टाचार निवारण बिभाग प्रमुखको लागि जनमत पार्टी कपिलवस्तु द्वारा  केन्द्रिय कार्यलय  मा २०७८/५/२६ गते  सिफारिसको लागि नाम पठाइएको थियो !

जनमत पार्टी कपिलवस्तुको पदाधिकारीहरुको माग अनुसार निर्णय गरेको हो र जनमत पार्टीको  केन्द्रीय भ्रष्टाचारनिवारण बिभाग को अध्यक्ष संजय कुमार मिश्र द्वारा  ओझाको नाम मनोनीत गरी घोषणा गरिएको  हो !

कपिलवस्तु जनमत पार्टी  जिल्लाको सामान्य समितिको निर्णय अनुसार  ओझा लाई जनमत पार्टीको जिल्ला भ्रस्टाचार निवारण बिभाग प्रमुख जस्तो गरिमामय पदमा केन्द्रबाट निर्णय गरेर केन्द्रीय प्रमुख मिश्रले घोषणा गर्नु भएको हो  !

Leave a Reply

Your email address will not be published. Required fields are marked *