अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा समाचारदाता,असोज १७ गते।
अख्तियार विरुद्ध सिरहाको सखुवानान्कारकटी गाउँपालीकामान मसाल जुलुस प्रदर्शन गरेको छ । जनता समाजवादी पार्टी (जसपा)ले सिरहाको सखुवानान्कारकटी गाउँपालीकामा जसपाका प्रदेश सदस्य तथा युवा नेता दिपेश यादवको नेतृत्वमा सयौंको संख्यामा प्रदर्शन कार्यक्रममा सहभागी रहेको थियो। गाउँपालीकाको मुख्य मुख्य ठाँउ सहित जुलुस पर्दसन गरेका हुन् ।
मसाल जुलुश प्रदर्शन गरेको जसपाका युवा नेता दिपेश कुमार यादवले जनाएको छ ।
केहि दिन अगाडि मुख्यमन्त्री कार्यालयको बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत खरिद भएको साइकल प्रकरणलाई लिएर अख्तियारले छापामारी गरेका थिए ।
प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा राजनीतिक षडयन्त्र पूर्वक अख्तियारले छामापारी गरेको उनीहरुको आरोप छ ।
स्थानीय तहहरुमा हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाद,अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रर्दशन गरेका छन्।
लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाका नेताहरुले आपति समेत जनाएको छ ।