अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १९ गते।
राप्रपाको महामन्त्री उम्मेदवारी दिएकी रेखा थापा पराजित भएकी छन्।
उनको प्रतिस्पर्धा कुन्ती शाहीसँग थियो । राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी दिएकी रेखा पराजित भएकी हुन् ।
कमल थापा पक्षकी कुन्ती शाही महामन्त्रीमा विजयी भएकी छन् ।