अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ४ गते।
आज प्रधानमन्त्री देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै छ ।
बैठक अपराह्न ४ बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ ।
प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलिय बैठकमा सहभागी नहुने बताएको छ ।