अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १७ गते।
कोरोना भाइरस संक्रमणका कारण भारतीय टेलिभिजनका चर्चित पत्रकार रोहित सरदानाको मृत्यु भएको छ ।
भारतीय मिडियाका अनुसार पत्रकार सरदानाको आज विहान दिल्लीस्थित एक अस्पतालमा ४१ वर्षको उमेरमा मृत्यु भएको हो ।
केही दिन पहिले पत्रकार सरदानालाई कोरोना संक्रमण पुष्टि भएको थियो । अल्प आयुमै भएको उनको मृत्युले भारतीय मिडिया जगतमा शोक छाएको छ ।