कंगना रनौत पनि कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २५ गते।

बलिउड अभिनेत्री कंगना रनौत कोरोना संक्रमित भएकी छन् ।

कंगनाले आफूलाई संक्रमण भएको जानकारी शनिबार दिएकी हुन्।

उनले इन्स्टाग्राम मार्फत संक्रमण पुष्टि भएको जानकारी गराएकी हुन्।

उनले भनेकी छन्, ‘मलाई केही दिनदेखि थकान र कमजोरी महशुस भइरहेको थियो। आँखामा पनि जलन भइरहेको थियो। हिमाञ्चल जाने सोचमा थिए। त्यसैले परीक्षण गराउँदा कोरोना पोजेटिभ आएको छ।’

आफू अहिले क्वारेन्टिनमा बसेको कंगनाले जनाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *