महाराष्ट्रमा १ जून सम्मका लागि थपिए लकडाउन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख ३० गते।

महाराष्ट्रमा कोरोना संक्रमण लाई मध्यनजर गर्दै १ जून सम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ।

कोरोनाको ह’टस्पट बनेको भारतको महाराष्ट्रमा  राज्यमा लकडाउन जुन १ बिहान ७  बजे सम्म लागू हुनेछ।

लकडाउनका समयमा सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारी मात्र काममा रहने व्यवस्था मिलाइएको त्यहाँको सरकारले जनाएको छ । विवाह महोत्सव २५ जनाको समुहमा २ घण्टा मा धउपस्थित हुन पाउने प्रावधान तय गरिएको छ ।साथै एक जिल्लाबाट अर्को जिल्लामा कोही पनि आवतजावत गर्न नपाइने नियम लागु गरिएको छ ।

हालसम्म राज्यमा लकडाउन मे १५ सम्म लागू भएको थियो तर अब त्यसलाई फेरि १ जून सम्मका लागि लकडाउन गर्ने निर्णय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *