महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ २५ गते।

महाराष्ट्र राज्यको पुणे सहरमा रहेको एउटा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ ।

सोमबार साँझ लागेको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ ।

आगलागी सुरु हुँदा कारखानामा ३७ मजदुर काम गरिरहेका थिए । हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । आगलागीको कारण अझै थाहा हुन सकेको छैन ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेहरुका लागि ५० हजारका दरले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *