अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,जेठ २६ गते।
जम्मू-कश्मीर क्षेत्रको रिसी जिल्लास्थित माता वैष्णो देवी मन्दिरमा भीषण आगलागी भएको छ ।
मंगलबार साँझ अचानक मन्दिरमा आगलागी भएको हो । मन्दिरको भवनमा विद्युतीय लाइन सर्ट भइ आगलागी भएको बताइएको छ । आगो नियन्त्रणमा लिन अहिले सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोली खटिएको छ ।
आगोबाट भवन ध्वस्त भए पनि मानवीय क्षति नभएको बताइएको छ । स्थानीय समय अनुसार मंगलबार साँझ ५ बजे आगलागी भएको हो ।