भारतको राजधानी नयाँदिल्ली संसारकै सबैभन्दा बढी प्रदुषित वायु भएको सहर बन्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १९ गते। 

नयाँदिल्ली संसारकै सबैभन्दा बढी प्रदुषित वायु भएको सहर बनेको छ ।

लक्ष्मीपूजा र दिपावालीको अवसरमा पड्काइएका पटकाका कारण शुक्रवार दिल्लीको वायुमा प्रदुषणको मात्राले खतराको तह पार गरेको हो ।

शुक्रबार बिहानदेखि दिल्लीको आकाश तुवाँलोले ढाकेको छ भने दिल्लीको एयर क्वालिटी इन्डेक्स (एक्वुआई) ४५१ पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

भारत सरकारले पटाका पड्काउन प्रतिबन्ध लगाए पनि त्यसको कार्यान्वयन नहुँदा दिल्ली सहित भारतको अन्य सहरमा समेत वायु प्रदुषण बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *