अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,मंसिर २७ गते।
पञ्जाबकी हरनाज सन्धुले मिस यूनिभर्स २०२१ को उपाधि जितेकी छन्।
सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि हात पारेकी थिइन्।
लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको थियो।
मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन्।
इजरेलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको थियो।
हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी छन्।
पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै भारतको पञ्जाब निवासी हरनाज सिन्धू उत्कृष्ट ठहरिएकी हुन्।
मिस यूनिभर्स बनेपछि हरनाज सन्धूले ईश्वर, घरपरिवार र मिस इन्डिया सङ्गठनलाई धन्यवाद दिइन्।